प्रकाशित मिति : २०१९-०४-२३ (अद्यावधिक मिति : २०१९-०५-२३)

लक्ष्य

सडक, रेल, जलमार्ग तथा रज्जुमार्ग जस्ता पूर्वाधारको विकास गरी राष्ट्रिय रणनैतिक यातायात सञ्जाल मार्फत देशका विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई एक अर्कासँग आबद्ध गरी मुलुकको आर्थिक एवं सामाजिक विकास अभिवृद्धि गर्नुका साथै देशका ग्रामीण क्षेत्रहरुलाई स्थानीय बजारहरुसँग आबद्ध गरी पर्यटन, कृषि, विद्युत, उद्योग लगायत विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित कृयाकलाप एवं आयोजनाहरुलाई टेवा पुर्‍याउने।

दुरदृष्टि

राष्ट्रिय एकीकरण, आर्थिक सामाजिक विकास, गरिबी निवारण र दिगो शान्तिको लागि पूर्वाधारको विकासमा योगदान पुग्ने गरी स्तरीय, भरपर्दो, सुलभ र सुरक्षित यातायात सञ्जाल विस्तार  गर्ने ।

उद्देश्य

  • देशका विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई परिपूरक हुने गरी विभिन्न मार्गहरुलाई एक अर्कोसँग आवद्ध गरी आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्‍याउन सडक, पुल, मूल बाटाहरु, रज्जुमार्ग र जलमार्गहरुको समष्टीगत विकास, विस्तार, प्रवर्द्धन गरी राष्ट्रिय यातायात प्रणालीको विकास गर्ने ।
  • देशका ग्रामीण क्षेत्रका गाउँहरुलाई बजारसँग आवद्ध गर्नुका साथै पर्यटन, कृषि, उद्योग,विद्युत आदि विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित राष्ट्रिय महत्वका र अन्य आर्थिक क्षेत्रको विविध कृयाकलाप एवं आयोजनाहरुमा टेवा पुर्‍याई सन्तुलन कायम गर्ने ।

 

 

सम्पर्क विवरण

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

सिंहदरबार, काठमाण्डौँ, नेपाल

सम्पर्क नं. : +977-1-4211732/ 4211931/4211655/ 4211603/ 4211880

फ्याक्स :+977-1-4211720

ईमेल: info@mopit.gov.np

वेव : www.mopit.gov.np

वेवसाइट हेरिएको