महाशाखा प्रमूख

सहसचिव : श्री बद्रि नाथ गैह्रे

प्रशासन महाशाखा

  • मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठनात्मक स्वरुप र कार्यप्रक्रियाको नीतिगत अध्ययन गर्ने र निर्णय कार्यान्वयन गर्ने
  • मन्त्रालय र निकायको दरबन्दी तथा पदपूर्ति लगायतका कार्य गर्ने र जनशक्ति व्यवस्थापन गर्ने
  • मन्त्रालयसँग सम्बन्धित ऐन/नियम/नीतिको अध्ययन गरी सुधार र परिमार्जन गर्ने
  • मन्त्रालयको लागि बजेट माग गर्ने र कार्य सञ्चालनस्तरको लेखा सञ्चालन र लेखापरीक्षणको व्यवस्था मिलाउने
  • मन्त्रालय र मातहतका कर्मचारीहरुको कर्मचारी प्रशासनसम्बन्धी कार्य गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने
  • विभिन्न मन्त्रालय एवं मातहतका कार्यालयका कर्मचारी प्रशासन र व्यवस्थापन सम्बन्धमा नीतिगत राय पेश गर्ने
  • मन्त्रालयबाट सञ्चालन हुने सेवा समूहका जनशक्ति योजना र क्षमता विकास सम्बन्धी कार्य गर्ने
  • मन्त्रालयको भौतिक वा अभौतिक सामग्री र जनशक्ति व्यवस्थापन गर्ने
  • महाशाखा/महाशाखाबीच र महाशाखा/शाखाहरुबीच समन्वय कायम गर्ने र सुपरीवेक्षण गर्ने/गराउने
  • कर्मचारीहरुलाई स्वदेशी तथा विदेशी तालिम, मनोनयन, छात्रवृत्तिका लागि कानून बमोजिम सहजीकरण गर्ने
  • बेरुजु फर्छ्यौट सम्बन्धमा रेखदेख र निर्देशन दिने
  • स्टोर निरीक्षण गराउने र सामानको लिलामबिक्री र मिनाहा सम्बन्धी कार्य गर्ने/गराउने
  • महाशाखा अन्तर्गतका विषयमा मन्त्रिपरिषदमा पेश हुने प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने
  • मन्त्रालयको भौतिक सामग्री, भवन, सवारी साधन, आदिको संरक्षण, मर्मत/सम्भार गरी सोको रेखदेख, नियन्त्रण र समन्वय गर्ने
  • मन्त्रालयको सुशासन इकाईसम्बन्धी कार्य गर्ने
  • सुशासन सम्बन्धी भए गरेका कामहरुको अभिलेख, संश्लेषण, प्रकाशन र वितरण सम्बन्धी काम गर्ने,
  • सूचना विश्लेषण तथा सूचना प्रविधिसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने
  • हेलो सरकार, उजुरी पोर्टल, इमेल, पत्र वा अन्य माध्यमबाट आएका गुनासो व्यवस्थापन गर्ने।
  • भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
  • मन्त्रालय अन्तर्गतका निकायको पदाधिकारी छनोट सिफारिस र नियुक्ति सम्बन्धी समन्वय र सहजीकरण गर्ने
  • नेपाल इन्जिनियरिङ सेवा जनरल, हाइवे, स्यानिटरी र विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन गर्ने
  • महाशाखा अन्तर्गतका कर्मचारीहरुको मार्गदर्शन, सुपरीवेक्षण, निर्देशन र नियन्त्रणसम्बन्धी कार्य गर्ने
  • मन्त्रालयगत एकीकृत वार्षिक विवरण तयार गर्ने
  • लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समिति सम्बन्धी कार्य गर्ने

कर्मचारी प्रशासन शाखा

  • मन्त्रालय वा मातहतका विभागका तथा कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यक जनशक्तिको संख्या निर्धारण गर्ने
  • रिक्त रहेको राजपत्राङ्कित श्रेणी पद पूर्तिको लागि सम्बन्धित निकायमा माग गर्ने
  • सिफारिस भई आएका राजपत्राङ्कित श्रेणीका कर्मचारीहरुलाई नियुक्ति, बढुवा तथा पदस्थापन गर्ने
  • सरुवा, निमित्त, कायम मुकायम, कामकाज, काज, कर्मचारी खटनपटन सम्बन्धी कार्य गर्ने
  • तालिम, पुरस्कार, राजिनामा, विभागीय कारवाही सम्बन्धी कार्य गर्ने
  • वैदेशिक छात्रवृत्ति, अध्ययन, तालिम, गोष्ठी, सेमिनारका लागि उम्मेदवार छनोट सम्बन्धी कार्य गर्ने
  • मन्त्रालयबाट सञ्चालन हुने सेवा समूहका जनशक्ति योजना र क्षमता विकास सम्बन्धी कार्य गर्ने
  • मन्त्रालय मातहतका निकायको पदाधिकारी छनोट सिफारिस र नियुक्ति सम्बन्धी समन्वय र सहजीकरण गर्ने
  • विभिन्न बिदा सम्बन्धी निर्णय व्यवस्थापन गर्ने
  • कर्मचारीको व्यक्तिगत अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने
  • नेपाल इन्जिनियरिङ सेवा जनरल, हाइवे, स्यानिटरी र विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन गर्ने
  • शाखाबाट सम्पादन हुने विषयमा मन्त्रिपरिषद्मा पेश हुने प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने

आन्तरिक तथा अभिलेख व्यवस्थापन शाखा

  • मन्त्रालयको लागि आवश्यक परिवहन एवं संचार संयन्त्रको व्यवस्थापन गर्ने
  • मन्त्रालयको लागि आवश्यक सवारी साधन, मेशिनरी औजार तथा जिन्सी सामानहरुको खरिद, भण्डारण, आपुर्ति, मर्मत, सम्भार, जिन्सी निरीक्षण तथा लिलाम बिक्रीको व्यवस्था गर्ने
  • मन्त्रालयको सुरक्षा तथा सरसफाइको प्रवन्ध गर्ने
  • श्रेणी विहीन कर्मचारीहरुको आन्तरिक व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने
  • मन्त्रालय र अन्तर्गत निकायबाट संचालित आयोजनाहरुको अस्थायी/ विकास तर्फको दरवन्दी सिर्जना सम्बन्धी कार्य गर्ने
  • कर्मचारी बैठक आयोजना गर्ने र सोको निर्णय कार्यान्वयन गर्ने/गराउने
  • कर्मचारीहरुको पुरस्कार र दण्ड सम्बन्धी कार्य गर्ने/गराउने
  • सम्पत्ति विवरण सम्बन्धी कार्य गर्ने
  • मन्त्रालयको सम्पूर्ण भौतिक तथा अभौतिक सम्पतिको अभिलेख व्यवस्थापन गर्ने
  • मन्त्रालयको सबै कर्मचारीहरु र मन्त्रालय अन्तर्गतका राजपत्राङ्कित अधिकृत कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कार्य गर्ने
  • शाखाबाट सम्पादन हुने विषयमा मन्त्रिपरिषद्मा पेश हुने प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने

आर्थिक प्रशासन शाखा

  • मन्त्रालय र अन्तर्गतका निकायहरुको बजेट तथा कार्यक्रम तर्जुमा र खर्चको अख्तियारी सम्बन्धी कार्य गर्ने
  • मन्त्रालयको लेखा अभिलेखन तथा भुक्तानी सम्बन्धी कार्य गर्ने
  • मातहतका निकायको आर्थिक प्रशासन सम्बन्धी कार्यको अनुगमन गर्ने
  • धरौटी सम्बन्धी कार्य गर्ने
  • राजश्व सम्बन्धी कार्य गर्ने
  • लेखापरीक्षण, बेरुजु फर्स्यौट सम्बन्धी कार्य गर्ने
  • आर्थिक प्रशासन सम्बन्धी विषयमा नीतिगत राय पेश गर्ने
  • पुराना कागजात धुल्याउने कार्यमा सहयोग गर्ने
  • आर्थिक प्रशासन शाखासंग सम्वन्धित कार्यको प्रगति विवरण तयार गर्ने
  • बेरुजु फर्छ्यौट सम्बन्धमा रेखदेख र निर्देशन दिने
  • मन्त्रालयगत एकीकृत वार्षिक विवरण तयार गर्ने
  • लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समिति सम्बन्धी कार्य गर्ने
  • स्टोर निरीक्षण गराउने र सामानको लिलामबिक्री र मिनाहा सम्बन्धी कार्य गर्ने/गराउने
  • शाखाबाट सम्पादन हुने विषयमा मन्त्रिपरिषद्मा पेश हुने प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने
  • मन्त्रालयको भौतिक सामग्री, भवन, सवारी साधन, आदिको संरक्षण, मर्मत/सम्भार गरी सोको रेखदेख, नियन्त्रण र समन्वय गर्ने

सुशासन, सूचना तथा गुनासो व्यवस्थापन शाखा

  • सुशासन सम्बन्धी भए गरेका कामहरुको अभिलेख, संश्लेषण, प्रकाशन र वितरण सम्बन्धी काम गर्ने,
  • सूचना अधिकारीको कार्य गर्ने
  • भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
  • मन्त्रालय अन्तर्गतका आयोजना, कार्यक्रम र गतिविधिको तथ्याङ्क संकलन गर्ने
  • नागरिक, सेवाग्राही तथा सरोकारवालाबाट प्राप्त गुनासो दर्ता गर्ने
  • गुनासोको छानबिन, समन्वय र समाधान प्रक्रिया अगाडि बढाउने
  • हेलो सरकार, उजुरी पोर्टल, इमेल, पत्र वा अन्य माध्यमबाट आएका गुनासो व्यवस्थापन गर्ने
  • गुनासोको प्रकृति विश्लेषण गरी सेवा सुधारका लागि राय सुझाव पेश गर्ने
  • राष्ट्रिय सूचना आयोग तथा सूचनाको अधिकारसम्बन्धी कानूनको कार्यान्वयनमा सहजीकरण गर्ने
  • मन्त्रालयको शाखा, विभाग, कार्यालय तथा आयोजनाबाट प्राप्त सूचनाको अनुगमन गर्ने
  • मन्त्रालयको Database र Data Center को रुपमा काम गर्ने
  • ठूला पूर्वाधार संरचनामा वाकिटकी र फ्रिक्वेन्सी संचार सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयको वेभपेज, वेभपोर्टल निर्माण/अद्यावधिक गर्न सहजीकरण गर्ने तथा सामाजिक सञ्जालहरूको व्यवस्थापन गर्ने
  • Information Technology (IT) विशेषज्ञ र सल्लाहकारको भूमिका निर्वाह सम्बन्धी कार्य गर्ने
  • हार्डवेयर र सफ्टवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत) जडान (Installation) गर्ने, पासवर्ड व्यवस्थापन गर्ने र मर्मत सम्भार गर्ने।
  • ई-हाजिरी, ई-सर्भिस र कम्प्युटर हार्डवेयर/सफ्टवेयर सम्बन्धी कार्य गर्ने,
  • वेबसाइट र डाटाबेसलाई ह्याकिङ वा साइबर आक्रमणबाट जोगाउन फायरवाल, एन्टिभाइरस लगायतका सुरक्षा मापदण्डहरू लागु गर्ने
  • मन्त्रालय र मातहत निकायका कर्मचारीहरूको डिजिटल साक्षरता बढाउन नयाँ सफ्टवेयर र प्रविधिसम्बन्धी अभिमुखीकरण तथा तालिम सञ्चालन गर्ने
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायको सम्पर्क (Focal) शाखाको रुपमा कार्य गर्ने,