कार्यक्षेत्र

नेपाल सरकार (कार्य विभाजन) नियमावली. २०८३ बमोजिम यस मन्त्रालयलाई देहायका कार्यहरु गर्ने गरी कार्यक्षेत्र निर्धारण गरिएको छः

१. राष्ट्रिय यातायात विकास र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;

२. राष्ट्रिय यातायात पूर्वाधार सञ्जाल र अन्तरप्रादेशिक यातायात विकासको अन्तरसम्बन्ध;

३. वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धन;

४. राष्ट्रिय रेलमार्ग,सहरी मेट्रो रेललगायत रेल प्रणाली, रेल सुरक्षा प्रणालीसम्बन्धी नीति, कानून र मापदण्ड;

५. राष्ट्रिय तथा अन्तरदेशीय रेल सेवा सञ्चालन;

६. रेलसेवा भाडादर तथा महसुल निर्धारणको मापदण्ड र नियमन;

७. राष्ट्रिय लोकमार्गसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;

८. राष्ट्रिय लोकमार्गअन्तर्गतका आयोजना पहिचान, अध्ययन, निर्माण, मर्मत सम्भार, महसुल रव्यवस्थापन,

९. राष्ट्रिय लोकमार्गमा फ्रन्टल एक्सेस नियन्त्रण, शाखा सडकको पहुँच विन्दु र सडक सीमाक्षेत्रको व्यवस्थापन र नियमन;

१०. राष्ट्रिय लोकमार्गसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र सूचना प्रवाह;

११. सडक प्रविधिको विकाससम्बन्धी अध्ययन र अनुसन्धान;

१२. सडक तथा अन्य वैकल्पिक यातायात प्रविधि, लगानी र अन्तर्देशीय यात्रुबाहक यातायात सेवा सञ्चालन;

१३. राष्ट्रिय लोकमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको रुट अनुमति,भाडा निर्धारण र नियमन;

१४. सवारी साधनहरूको राष्ट्रिय मापदण्ड निर्धारण, नियन्त्रण तथा विस्थापन;

१५. सडक सुरक्षासम्बन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमन;

१६. रज्जुमार्ग, केबलकार, पोड वे, स्काई रेल, स्काई टूलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी अध्ययन, नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;

१७. राष्ट्रिय महत्त्वका वैकल्पिक यातायातका आयोजना पहिचान, अध्ययन र विकास;

१८. राष्ट्रिय पुनर्निर्माण;

१९. आधारभूत यातायात नीति र मापदण्ड;

२०. सहरी विकाससम्बन्धी नीति, कानून र मापदण्ड;

२१. वस्ती विकास, सहरी विकास र आवास विकाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;

२२. राष्ट्रिय भवन संहितासम्बन्धी नीति,कानून र मापदण्ड,

२३. फोहोरमैला व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड, समन्वय र सहजीकरण;

२४. सङ्घीय सचिवालयको भवन निर्माण, मर्मत तथा व्यवस्थापन;

२५. राष्ट्रिय सहरी पूर्वाधार विकास, सङ्घीय सरकारी आवास, भवन

२६. विशिष्ट सहरी संरचना;

२७. राष्ट्रियस्तरका संयुक्त र बहुतले आवाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;

२८. लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास व्यवस्थापन नीति, कानून र मापदण्ड;

२९. नगर विकास कोष;

३०. राष्ट्रियस्तरको पार्क, मनोरञ्जन स्थलसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;

३१. खानेपानीसम्बन्धी राष्ट्रिय नीति,कानून, मापदण्ड र नियमन;

३२. खानेपानीको मुहान संरक्षण;

३३. राष्ट्रियस्तरका ठूला खानेपानी आयोजना र अन्तर प्रदेश खानेपानी आयोजना;

३४. राष्ट्रियस्तरका प्रशोधन सहितका वृहत ढल र अन्तरप्रदेश ढल प्रशोधन सहितका आयोजनाहरूको पहिचान, निर्माण र नियमन;

३५. ग्रामीण सडक, खानेपानी, सरसफाइ, वैकल्पिक ऊर्जा, विद्युतीकरण तथा सिँचाइ प्रणाली विकास;

३६. मन्त्रालयसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;

३७. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, बोर्ड, प्राधिकरण, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;

३८. नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको जनरल, स्यानिटरी, हाइवे, रेल्वे, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन ।